Mark 11:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, कसैले मनमा अलिकति पनि शङ्का नराखी आफूले भनेको कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाडलाई ‘यहाँबाट हटेर समुद्रमा खस्’ भन्‍यो भने उसले भनेको त्‍यो कुरा पूरा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले आफ्‍नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्‍यो भने, त्‍यसको निम्‍ति त्‍यस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्‍वास गर्‍यो भने यो उसको लागि गरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खणडमा तिमीले भनेको कुरा घटने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ।
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, चुदे एनीगदेसे सेमरी तिगै शङ्का आलना ह्राङला सेमरी म्‍हन्‍बा ताम पूरा तला भिसी विश्‍वास लसी चु गङदा ‘ए होक निसी समुन्‍द्ररी ताइगो’ भिजी भिसम एनीगदेला लागिरी थेह्रङ्नोन तला।