Mark 11:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू प्रार्थना गर्न लाग्‍दा यदि तिमीहरूको कसैप्रति तीतोपना छ भने उसलाई क्षमा देओ। अनि स्‍वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्‍वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”
Nepali Tamang 2011
तर एनीगदेसे प्रार्थना लबारी छ्‌याइबा धुइरी खालैला बिरोधरी तिगै आज्‍यबा ताम मुसम थेदा माफ लउ। स्‍वर्गरी मुबा एनीगदेला परमेश्‍वर आबासेनोन एनीगदेला पाप माफ लला।