Mark 11:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामी के जवाफ दिऔं? परमेश्‍वरबाट भनौं भने ‘तिमीहरूले किन यूहन्‍नालाई विश्‍वास गरेनौ त?’ भनेर उनले सोधिहाल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू यसो भन्‍दै आपसमा बहस गर्न लागे, “‘स्‍वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ’ भनी तिनले भन्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले आपसमा छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौँ भने उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ?’ भनी भन्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो, येशूले भन्नु हुनेछ, त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे ह्राङ ह्राङ न्‍हङरी ताम लसी, “चुदे य्‍हाङसे परमेश्‍वरग्‍याम भिजी भिसम थेसे य्‍हाङदा ‘थेह्रङ् भिसम एनीगदेसे तिग्‍दा यूहन्‍नादा विश्‍वास आलबा?’ भिसी भिला।