Mark 11:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूले येशूलाई भने, “खै हामीलाई त थाहा छैन।” तब येशूले भन्‍नुभयो, “त्‍यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्‍दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” अनि येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।” तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेसे “ङन्‍दा था आरे” भिसी येशूदा जोहाब पिन्‍जी। येशूसे थेनीगदेदा “थेह्रङ् भिसम ङाइएनोन चु गेगदे खाल्‍ला अधिकारग्‍याम लबा हिन्‍ना, थे एनीगदेदा आपाङ्” भिसी सुङ्जी।