Mark 11:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको अघि र पछि लाग्ने मानिसहरूले यसो भन्दै जय-जयकार गर्न थाले, “परमेश्वरको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँको अगि-अगि हिड्ने र पछिपछि आउनेहरूले यसो भन्दै जय-ध्वनि लगाए, “होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्ना!” “उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँडदै थिए। सबै मानिसहरू कराउँदै थिए, “उहाँको प्रशंसा गर स्वागत गर परमेश्वरले उहाँलाई आशीर्वाद गरून जो परमप्रभुको नाउँमा आउनु हुँदैछ! भजनसंग्रह 118:25-26
Nepali Tamang 2011
येशूला लिच्छा ङाच्छा भ्रबा म्हिगदेसे चुह्रङ् भिसी क्रिङ्बारी छ्याइजी “परमेश्वरदा जयजयकार तगै, परमप्रभुला मिनरी फेप्खबासे परमेश्वरग्याम मोलम याङ्गै।