Mark 12:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए। उनले दाखबारीको चारैतिर बारहरू लगाइदिए एउटा खाडल खनेर दाख पेल्ने कोल बनाइदिए र त्यो दाखबारी कुर्ने मचान पनि बनाइदिए अनि त्यो दाखबारी मोहीहरूलाई जिम्मा दिएर आफूचाहिँ परदेशतिर लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा भन्न लाग्नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्यसको वरिपरि बार लगाए, र कोलको निम्ति एउटा खाल्डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू तिनीहरूसित दृष्टान्तहरूमा बोल्न थाल्नुभयो: “एक जना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए। कोलको लागि एउटा खाडल खने, र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिएर यात्रामा निस्के।
Nepali ERV (पवित्र बाइबल)
येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा उखानग्याम चुह्रङ् भिसी सुङ्बारी छ्याइजी, “म्हि गिकसे वारीरी अङगुर सूसी क्युर्सीन पर्खाल लजी। ओच्छे अङगुर म्हर्बारी कोल स्होसी अङगुर वारी ख्रुङ्बारी नोबा छाप्रो गिक स्होजी। जमाहेन्से अधियाँरी पिन्सी थे अर्गु य्हुल्सारी निजी।