Mark 12:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले येशूकहाँ आएर भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्नुहुन्छ भनी हामीलाई थाहा छ। मानिसहरूले के भन्लान् भनेर तपाईंले वास्ता गर्नुहुन्न। तपाईंले कसैको मुख हेरेर कुरा गर्नुहुन्न। तपाईंले साँचोसित परमेश्वरको बाटो देखाउनुहुन्छ। तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन ठीक छ कि छैन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आएर उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, तपाईं साँचो हुनुहुन्छ, र कसैको वास्ता गर्नुहुन्न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, कैसरलाई कर तिर्नु न्यायसङ्गत छ कि छैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न; तर तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन?
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”
Nepali Tamang 2011
थेनीगदे येशू मुबा ग्लारी खसी, “गुरु, ह्राङ सत्यला म्हि हिन्ना, ओच्छे खालैदा वास्ता आलमुला भिसी ङन्दा था मुला। तिग्दा भिसम ह्राङसे म्हिला ली च्यासी गे आलमुला। तर परमेश्वरला ग्याम ज्यना लसी लोप्मुला। थेतबासेलमा ङन्से रोमी ग्याल्बो कैसरदा तिरो फाबा ठीक हिन्ना कि आहिन? सुङ्गो।