Mark 12:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उहाँलाई एउटा सिक्‍का ल्‍याएर दिए। अनि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले एउटा सिक्‍का ल्‍याए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो तस्‍वीर र छाप कसको हो?” तिनीहरूले उहाँलाई भने, “कैसरको।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सिक्‍का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।”
Nepali Tamang 2011
थेनीगदेसे येशूदा डबल गिक पिन्‍जी, ओच्‍छे येशूसे थेनीगदेदा “चु डबलरी मुबा छापदेन मिन खाल्‍ला हिन्‍ना?” भिसी सुङ्मा, थेनीगदेसे “रोमी ग्‍याल्‍बो कैसरला” भिसी जोहाब पिन्‍जी।