Mark 12:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे गुरु, मोशाले हामीलाई लेखिदिएको नियमअनुसार कसैको दाजु सन्तान नभई मर्यो भने दाजुका लागि सन्तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका छन्, कि कसैको दाजु मर्यो र निस्सन्तान भएर पत्नीलाई छोडिराख्यो भने, उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खड़ा गर्नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, यदि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई छोडेर मर्यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाईले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ।
Nepali Tamang 2011
“गुरु, मोशासे य्हाङदा पिन्बा ठिम अन्छार खालैला ज्योज्योसे ब्याह लसी कोलागदे आतनान सिजी भिसम ज्योज्योला लागिरी कोलागदे तगै भिसी आलेसे चाङदा ब्याह लतोःला भिसी भ्रिबा मुला।