Mark 12:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने परमेश्वरले मोशालाई जल्दैगरेको पोथ्राबाट भन्नुभएको कुराचाहिँ के तिमीहरूले पढेका छैनौ? त्यस बेला परमेश्वरले मोशालाई यस्तो भन्नुभयो, ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृतकहरू जीवित भई उठ्ने कुराको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा पढ़ेका छैनौ? कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्डमा परमेश्वरले मोशालाई भन्नुभयो, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मुर्दाहरू जीवित भई उठ्ने विषयमा के तिमीहरूले मोशाको पुस्तकमा त्यस पोथ्राको विवरणमा कसरी परमेश्वरले तिनलाई ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ’ भनेर भन्नुभएको पढेका छैनौ?
Nepali ERV (पवित्र बाइबल)
मरेका मानिसहरूको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहामको परमेश्वर हुँ, इसहाकको परमेश्वर र याकूबको परमेश्वर।
Nepali Tamang 2011
सिबाग्याम सोना लबाला बारेरी अझ भिगे भिसम परमेश्वरसे मोशादा लुङ्बा मेला झाङग्याम ‘ङा अब्राहाम, इसहाकदेन याकूबला परमेश्वर हिन्ना’ भिसी सुङ्जी।