Mark 12:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना धर्म-गुरुले त्यहाँ भएका सबै कुरा सुनिरहेका थिए। येशूले सदुकीहरूलाई राम्रो जवाफ दिनुभएको देखेर तिनले पनि येशूलाई सोधे, “हे गुरु, परमेश्वरका धार्मिक आज्ञाहरूमा सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थाका शिक्षकहरूमध्ये एक जना आए, र तिनीहरूका वाद-विवाद सुने। येशूले तिनीहरूलाई ठिक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?”
Nepali ERV (पवित्र बाइबल)
शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसंग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?’ `
Nepali Tamang 2011
येशूसे म्हिगदेदा ज्यना लसी जोहाब पिन्बा म्राङ्सी यहूदी धर्मगुरुगदे न्हङला गिकसे, “गुरु, परमेश्वरसे मोशादा पिन्बा ठिमरी जम्मान भन्दा मुल ताम चा खजिबा हिन्ना?” भिसी ङ्योइजी।