Mark 12:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण मानिसले परमेश्वरलाई पूरा हृदय, पूरा बुद्धि र पूरा शक्तिले प्रेम गर्नुपर्छ अनि आफ्नो छिमेकीलाई चाहिँ आफैंलाई जस्तै प्रेम गर्नुपर्छ। सबै किसिमका बलि र होमबलिहरूभन्दा पनि यी दुई आज्ञापालन गर्नु नै महत्त्वपूर्ण कुरा हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्दा उत्तम हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँलाई सम्पूर्ण हृदयले, सम्पूर्ण समझले र सम्पूर्ण बलले प्रेम गर्नु, र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य कुरा हो।”
Nepali ERV (पवित्र बाइबल)
अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”
Nepali Tamang 2011
ओच्छे परमेश्वरदान सेमहेन्सेन, जम्मान प्राणसे, जम्मान बुद्धिसे, जम्मान शक्तिसे माया लबा, ओच्छे ह्राङदा ह्रङ्नोन ह्राङला खिम्जेमदाएनोन माया लबा चा मेरी ख्राङ्सी पिन्बा जम्मान बलिदेन बलिदानगदे भन्दा मुल ताम हिन्ना” भिसी भिजी।