Mark 12:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनको बुद्धिमानी जवाफ सुनेर येशूले भन्नुभयो, “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले पनि येशूलाई प्रश्नहरू सोध्ने आँट गरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बुद्धिमानीसाथ जवाफ दिएका देखेर येशूले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि टाढ़ा छैनौ।” त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैको साहस भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यसले बुद्धिमानीसाथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि धेरै टाढा छैनौ।” अनि त्यस बेलादेखि उसो कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।
Nepali Tamang 2011
थेसे होशियार तसी जोहाब पिन्बा म्राङ्सी येशूसे थेदा “ए परमेश्वरला य्हुल्साग्याम थारेङ आरे” भिसी सुङ्जी। जमाकुनुहेन्से खालैसे येशूदा तिगै ताम ङ्योइबारी आँट आलनी।