Mark 12:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरमा शिक्षा दिइरहँदा येशूले भन्नुभयो, “धर्म-गुरुहरूले मुक्ति दिनुहुने राजा ख्रीष्टलाई कसरी दाऊदको सन्तान भन्न सक्छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मन्दिरमा सिकाउनुहुँदा येशूले भन्नुभयो, “कसरी ख्रीष्ट दाऊदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरका चोकहरूमा येशूले सिकाइरहनुहुँदा सोध्नुभयो, “ख्रीष्ट दावीदका पुत्र हुन् भनी व्यवस्थाका शिक्षकहरूले कसरी भन्दछन्?
Nepali ERV (पवित्र बाइबल)
येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्?
Nepali Tamang 2011
येशूसे परमेश्वरला मन्दिररी लोप्बान लबा धुइरी चुह्रङ् भिसी सुङ्जी, “यहूदी धर्मगुरुगदेसे तिग्दा थार्बा पिन्बा ख्रीष्टदा दाऊद ग्लेला सन्तान भिसी भिबा?