Mark 12:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको पवित्र आत्माले दाऊद आफैंलाई त यसो भन्न लगाउनुभएको थियो— परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारूञ्जेलसम्म तिमी मेरो दाहिनेपट्टि बस!’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि दाऊद आफैले पवित्र आत्माद्वारा भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद आफैँले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
Nepali ERV (पवित्र बाइबल)
पवित्र आत्मामा दाऊद आफैले भन्नुभएको छः परमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः मेरो छेउमा दाहिनेपट्टि बस, अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।
Nepali Tamang 2011
तिग्दा भिसम दाऊदसेन परमेश्वरला आत्माग्याम चुह्रङ् भिबा मुबा, ‘परमप्रभुसे ङाला प्रभुदा ङाइ एला शत्रुगदेदा एला काङ धिरी आथान्तेधोना ए ङाला दाहिनेपट्टि चिउ’ भिसी सुङ्जी।