Mark 12:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि शिक्षा दिंदै येशूले भन्‍नुभयो, “धर्म-गुरुहरूदेखि होशियार रहो। तिनीहरू लामो सुन्‍दर वस्‍त्र लगाएर घुम्‍न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्‍ने चाहन्‍छन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शिक्षा दिनुहुँदा येशूले भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्‍त्र लाएर यताउता डुल्‍न र बजारहरूमा अभिवादन पाउन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले सिकाउँदै भन्‍नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्,
Nepali ERV (पवित्र बाइबल)
येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिंडन मन पराउँछन। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्।
Nepali Tamang 2011
येशूसे लोप्‍बान लबा धुइरी चुह्रङ् भिसी सुङ्जी, “यहूदी धर्मगुरुगदे म्राङ्सी होशियार तउ। तिग्‍दा भिसम थेनीगदे ज्‍यबा ज्‍यबा क्‍वान क्‍वान्‍सी कोर्बारी निबादेन बजाररी निबा धुइरी म्‍हिगदेसे मान लगै भिसी म्‍हन्‍मुला।