Mark 12:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले आफ्‍ना चेलाहरूलाई डाकेर भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्‍ये यस गरीब विधवाले सबैभन्‍दा बढ़ी चढ़ाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छे।
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई । तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे चेलागदेदा ह्राङ मुबा ग्‍लारी ङ्‌योइसी, “च्‍यागो, ङाला ताम ङ्‌यान्‍गो। भेटी युबा बाकसरी चु ह्रेम्‍बो सिबा प्राङबो म्रिङम्‍हेमेसे स्‍य्‍हान्‍दो म्‍हिगदेसे भन्‍दा ल्‍हाना भेटी युबा मुला।