Mark 12:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धनीले फेरि अर्को नोकर पठाए। त्यसलाई त मोहीहरूले मारिदिए। यसरी तिनीहरूले अरू धेरै नोकरहरू कतिलाई तिनीहरूले पिटे र कतिलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मालिकले अझै अर्कालाई पठाए, तर त्यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले फेरि अर्कोलाई पठाए, तर त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कतिलाई तिनीहरूले पिटे र कतिलाई चाहिँ मारे।
Nepali ERV (पवित्र बाइबल)
फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।
Nepali Tamang 2011
थेसे अझ स्य्हान्दो नोकरदा पुइजी। थेनीगदेसे थेदाएनोन साइजी। चुह्रङ् लसी थेनीगदेसे कोइदा साइबा कोइदा तोबा लजी।