Mark 13:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा के भन्‍ने हो भनेर पहिले नै सुर्ता नगर। तिनीहरूको अगाडि उभिएको बेलामा तिमीहरूले जे पाउनेछौ, त्‍यही भन किनभने त्‍यति बेला तिमीहरूले आफ्‍नै तर्फबाट बोल्‍नेछैनौ तर पवित्र आत्‍माले नै तिमीहरूद्वारा बोल्‍नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्‍यसै बेला जे तिमीहरूलाई दिइन्‍छ, त्‍यही बोल, किनकि बोल्‍ने तिमीहरू होइनौ, तर पवित्र आत्‍मा हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफै बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।
Nepali Tamang 2011
म्‍हिगदेसे एनीगदेदा चुङ्सी भोर्सी मुद्दा युबा धुइरी एनीगदेसे तिग पाङ्तोःला भिसी धन्‍दा सुर्दा थालउ। तर थे धुइरी परमेश्‍वरसे तिग पाङ्‍गो भिबा चीम थेनोन पाङ्‍गो। तिग्‍दा भिसम थे धुइरी पाङ्बा एनीगदेसे आहिन तर परमेश्‍वरला आत्‍मासे हिन्‍ना।