Mark 13:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यति बेला मानिसहरूले आफ्‍नै दाजुभाइहरूलाई मार्न सुम्‍पिदिनेछन्। बुबाले छोरा-छोरीलाई र छोरा-छोरीले आमा-बुबालाई विरोध गरेर मार्न लाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एउटा भाइले अर्को भाइलाई मृत्‍युको लागि सुम्‍पनेछ, र त्‍यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“भाइले आफ्ना भाइलाई, बुबाले आफ्ना छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाका विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन।
Nepali Tamang 2011
“ह्राङलान ज्‍योज्‍यो आलेसे ह्राङलान ज्‍योज्‍यो आलेदा साइपुङ्ला। थेह्रङ् लसीन आबासे कोलागदेदा साइपुङ्ला ओच्‍छे कोलागदेसे आबा आमादा बिरोधरी लसी साइपुङ्ला।