Mark 13:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला आइपर्नेजस्तो आपत् र हाहाकार त सृष्टिको सुरुदेखि अहिलेसम्म भएकै छैन र पछि पनि हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ती दिनहरूमा यस्तो महासङ्कष्ट आइपर्नेछ कि परमेश्वरले गर्नुभएको सृष्टिको सुरुदेखि अहिलेसम्म न त यस्तो भएको छ, न कहिल्यै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ती दिनहरू यति कष्टदायक हुनेछन् कि; परमेश्वरले संसार सृष्टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलसम्म फेरि भएको छैन। अनि यस्तो महासकंष्टहरू फेरि घटने छैन।
Nepali Tamang 2011
तिग्दा भिसम थे धुइरी तबा घ्रेन दुख परमेश्वरसे चु जम्बुलिङ स्होमाहेन्से दान्देधोना तबा आरे ओच्छे लिच्छाएनोन खाइमै तसेला आरे।