Mark 13:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले भन्‍नुभयो, “यी भवनहरू देखेका छौ, होइन? तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्‍काइनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँ एउटा ढुङ्गा पनि अर्को ढुङ्गामाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुंगा भूँइमा फयाँकिनेछ। एउटाकोमाथि अर्को कुनै ढुंगा त्यहाँ रहने छैन।”
Nepali Tamang 2011
येशूसे थेदा “चु घ्रेन दिमगदेला युङबा गिकनोन बाँकी आचिना जम्‍मान फुप्‍ला” भिसी सुङ्जी।