Mark 13:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यो त नोकरहरूलाई घर जिम्‍मा लगाएर डुल्‍न जाने मालिकको कुराजस्‍तो छ। मालिकले आफ्‍ना नोकरहरूलाई आ-आफ्‍नो काम गरिराख्‍नू भनेर कामको जिम्‍मा लगाइदिन्‍छ अनि पालेलाई पनि ‘राम्रो देखरेख गर्नू!’ भनेर अह्राइराख्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो त मालिकले आफ्‍ना चाकरहरूलाई घरको प्रत्‍येक काम र दायित्‍वको जिम्‍मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्‍तो हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त बाहिर गएको त्यो मानिसजस्तो हो, जसले आफ्नो घर छोड्नअगि आफ्ना सेवकहरूलाई जिम्मेवारी दिँदै, प्रत्येकलाई आ-आफ्ना काम सुम्पे, र एक जनालाई चाहिँ ढोकामा कुरेर बस्‍न जिम्मा दिए।
Nepali ERV (पवित्र बाइबल)
यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ।
Nepali Tamang 2011
“चु ताम चा मालिकसे ह्राङला दिम च्‍याबा म्‍हिदा क्‍यारमार ज्‍यना लसी च्‍यागो, ओच्‍छे नोकरगदेदाएनोन ह्राङ ह्राङला गे ज्‍यना लसी लउ भिसी कुल्‍सी ह्राङ चा विदेशरी निबा ह्रङ्‌बान हिन्‍ना।