Mark 13:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले लडाइँहरू भएको र लडाइँका हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला नडराउनू। ती सबै कुराहरू त हुन आउनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्‍ला सुन्‍नेछौ, तब नडराओ। यस्‍ता घटनाहरू हुनु आवश्‍यक छ। तर अन्‍त्‍यको दिन आउनु अझ बाँकी नै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले लडाईको बारेमा सुन्ने पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घटनाहरू घट्नेछ।
Nepali Tamang 2011
एनीगदेसे लडाइदेन लडाइला हल्‍लागदे थेःला। तसैनोन एनीगदे थालोङ्‍गो, तिग्‍दा भिसम चु तनोन तोःबा हिन्‍ना। तर थेनोन धुइरी चा चु जम्‍बुलिङ नाश आत।