Mark 13:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै भूइँचालो जानेछ र अनिकाल पर्नेछ। यी कुरा त दु:खको सुरु मात्र हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्‍पहरू जानेछन्, अनिकालहरू हुनेछन्‌। योचाहिँ स्‍त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्‍टको आरम्‍भ हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्।
Nepali ERV (पवित्र बाइबल)
राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तोे समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम म्‍हि य्‍हुलला बिरोधरी म्‍हि य्‍हुलनोन ओच्‍छे य्‍हुल्‍साला बिरोधरी य्‍हुल्‍सा रेःला। खानङदमान सङगुल निला ओच्‍छे अनिकाल तला। चु चा कोला न्‍हसेला म्रिङम्‍हेमेदा कोला न्‍हबा धुइरी स्‍हु खबारी छ्‌याइबा दुख ह्रङ्‌बान दुख तबारी छ्‌याइबा हिन्‍ना।