Mark 13:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूचाहिँ होशियार भएर बस किनभने मानिसहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्। तिमीहरू मेरै कारणले बडा-हाकिम र राजाहरूकाअगाडि समेत उभ्याइनेछौ। तिमीहरूले तिनीहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू आफ्ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिटनेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन्। तीनीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछन
Nepali Tamang 2011
“तर थे धुइरी एनीगदे होशियार तउ। तिग्दा भिसम म्हिगदेसे एनीगदेदा अदालतरी ओच्छे यहूदीगदे ह्रुप तबा दिमरी भोर्सी तोबा ग्याङ्बा लला। ओच्छे थेनीगदेसे एनीगदेदा ङादा विश्वास लबा ताम उन्बाला लागिरी अञ्चलाधीशदेन ग्लेला ङाच्छापट्टि राप्पुङ्ला।