Mark 14:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खमिर नहालेको रोटी खाने मुक्ति-दिवस भन्‍ने चाड आउन दुई दिन बाँकी थियो। मुख्‍य पूजाहारी र धर्म-गुरुहरूले येशूलाई सुटुक्‍क मार्ने दाउ खोजिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको दुई दिनपछि निस्‍तार र अखमिरी रोटीको चाड थियो। मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्‍ने दाउमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब निस्तार चाड र अखमिरी रोटीको चाड आउन दुई दिन मात्र थियो। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए।
Nepali Tamang 2011
मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाङदेन खमीर आयुना गेङ चसी धङ्बा चाडला न्‍हीरे ङाच्‍छाकुनु परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी धर्मगुरुगदेसे येशूदा चुङ्सी साइबारी दाउ च्‍यासी भ्रमुबा।