Mark 14:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खमिर नहालेको रोटी खाने मुक्ति-दिवस चाडको पहिलो दिन आइपुगेको थियो। त्‍यही दिनमा इस्राएलीहरूले भेडाको पाठोलाई बलि दिनेगर्थे। येशूका चेलाहरूले उहाँलाई सोधे, “हामी कहाँ गएर तपाईंको लागि चाडको भोज ठीक पारौं त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्‍तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्‍छा के छ? हामी कहाँ गएर तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज तयार गरौं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज त्यार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज त्यार गरेको चाहनुहुन्छ?”
Nepali Tamang 2011
खमीर आयुना गेङ चसी धङ्बा चाडला शुरुला धिनकुनु यहूदीगदेसे ग्‍यु बोगो फुल्‍तोःमुबा। येशूला चेलागदेसे येशूदा “ह्राङला लागिरी ङन्‍से मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाडला भोज खानङ ठीक लउ?” भिसी ङ्‌योइजी।