Mark 14:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले दुई जना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा जाओ, त्यहाँ तिमीहरूले गाग्रोमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्नेछौ। उसकै पछि-पछि जाओ अनि जुन घरमा ऊ पस्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि लाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ।
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्नो दूइजना चेलाहरूलाई नगर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “नगरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग।
Nepali Tamang 2011
येशूसे ह्राङला चेला न्हीदा “एनीगदे शहररी निउ, एनीगदेसे थेरी दर्बुङरी क्युइ पुइसी निबा म्हि गिकदा स्याप्ला। थेनोन म्हिला लिच्छा लिच्छा निउ।