Mark 14:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ! त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्छ, तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ। त्यस मान्छेको त जन्मै नभएको भए असल हुनेथियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
Nepali ERV (पवित्र बाइबल)
मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरु पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।”: 26-30; लूका 22:15-20 1 कोरिन्थी 11:23-25)
Nepali Tamang 2011
परमेश्वरला बचनरी भ्रिबा ह्रङ्नोन परमेश्वरसे पुइखबा म्हि मी सिनोन तोःला। तर जुन म्हिसे परमेश्वरसे पुइखबा म्हिदा चुङ्सी म्हिला यारी जिम्मा पिन्ना, थेसे परमेश्वरग्याम खाह्रङ्बा लोङ्बा खबा सजाय याङ्ला। बरु थे मी न्हनोन आन्हबा हिन्सम ज्यबा तसेला मुबा” भिसी सुङ्जी।