Mark 14:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले यसो भन्दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले भन्नुभयो, “अब्बा, पिता, तपाईंको निम्ति सबै कुरा सम्भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मैले इच्छा गरेजस्तो होइन, तपाईंले इच्छा गर्नुभएजस्तो होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
Nepali ERV (पवित्र बाइबल)
उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भ्व छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नूहोस्।”
Nepali Tamang 2011
येशूसे चुह्रङ् भिसी प्रार्थना लजी, “आबा, ह्राङसे लआखम्बा ताम तिगै आरे, थेतबासेलमा तसम ङादा चु दुखग्याम फेसी पिन्गो। तर ङाइ म्हन्बा अन्छार आहिन, ह्राङसे म्हन्बा अन्छार तगै।”