Mark 14:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि निदाइरहेका रहेछन्। तिनीहरूले आँखा उघार्नै सकेनन् र तिनीहरूलाई उत्तर दिने कुरा पनि केही आएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लट्ठिएका थिए, र उहाँलाई के जवाफ दिने हो, सो जानेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्।
Nepali ERV (पवित्र बाइबल)
फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा र्फकनु भयो। उहाँले तिनी हरूलाई सुतिरहकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो।
Nepali Tamang 2011
ओच्छे चेलागदे मुबा ग्लारी दोःसी फेप्खमा चेलागदे म्हेर्सी चिबा स्याप्जी। म्हेर्बा खबासे लमा थेनीगदेसे मीनोन ठोङ्आखम्नी, ओच्छे तिग भितोःबा थे थेनीगदेदा था आतनी।