Mark 14:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले कुरा गर्दागर्दै बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ त्‍यहाँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पठाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू बोल्‍दैहुनुहुँदा बाह्रै चेलाहरूमध्‍येको एक जना यहूदा अचानक त्‍यहाँ देखा पर्‍यो। मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्‍यससँग त्‍यहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्र चेलाहरूमध्ये एक, त्यहाँ देखा पर्‍यो। ऊसँग मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएका एउटा भीड तरवार र लाठाहरू लिएर आयो।
Nepali ERV (पवित्र बाइबल)
जब येशू बोलिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाह्रजना चेलाहरू मध्ये एकजना थियो। यहूदासंग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोंचाहरू थिए।
Nepali Tamang 2011
येशूसे चु ताम सुङ्मैछ्‌याम च्‍युक न्‍ही चेलागदे न्‍हङला यहूदा भिबा चेलादेन छ्‌याम कडीदेन तरवार थोबा म्‍हिला हुल धोखजी। थेनीगदेदा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी धर्मगुरुगदे ओच्‍छे यहूदी गन्‍बागदेसे पुइखबा मुबा।