Mark 14:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु यसलाई बेचेर त्यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्का आउनेथियो।” यसरी तिनीहरूले ती स्त्रीलाई झपारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यो अत्तर तीन सय चाँदीका सिक्काभन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे।
Nepali ERV (पवित्र बाइबल)
त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।
Nepali Tamang 2011
बरु चु चूङ्सी खबा टाङगा प्राङबोगदेदा पिन्सै तसेला। चु चूङ्सम ग्यार्जा सोम म्हुइला डबल खसेला मुबा” चुह्रङ् लसी थे म्रिङम्हेमेदा थेनीगदेसे बङ्जी।