Mark 14:61 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशू चुप नै लाग्‍नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्‍चै पवित्र परमेश्‍वरको पुत्र ख्रीष्‍ट नै होस् त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर येशू चूप लाग्‍नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्‍यको पुत्र ख्रीष्‍ट होस्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन। प्रधान पुजारीले फेरि उहाँलाई सोधे, “के तँ परमधन्यका पुत्र ख्रीष्‍ट होस्?”
Nepali ERV (पवित्र बाइबल)
तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”
Nepali Tamang 2011
तर येशूसे तिगै जोहाब आपिन्‍ना कुटिसी स्‍य्‍हूजी। परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिसे येशूदा दोःसी, “तिग ए परमेश्‍वरला झा थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना?” भिसी ङ्‌योइमा,