Mark 14:65 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्‍ये कति जनाले उहाँलाई थुक्‍न लागे अनि उहाँको आँखा छोपेर पिट्दै भने, “लौ भन् त, तँ अगमवक्तालाई कसले पिट्यो?” सभाका सिपाहीहरूले पनि उहाँलाई पिट्दै लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कोही-कोहीले उहाँलाई थुक्‍न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्‍पड़ हानेर भने, “अगमवाणी बोल्‌।” त्‍यसपछि पहरादारले उहाँलाई आफ्‍नो जिम्‍मामा लिए, र उहाँलाई मुक्‍का हाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब कसै-कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपे, र मुक्‍का लगाएर भने, “लौ अगमवाणी गर्!” अनि सिपाहीहरूले थप्पड लगाउँदै उहाँलाई लगे।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।
Nepali Tamang 2011
थेरी मुबा म्‍हिगदे न्‍हङला कोइ कोइ म्‍हिगदेसे येशूदा थो स्‍वाबारी छ्‌याइजी। ओच्‍छे येशूला मी घप्‍सी तोबान, “लु, अगमवाणी पाङ्‍गो” भिसी ङ्‌योइजी। जमाहेन्‍से थेरी मुबा स्‍य्‍हान्‍दो सिपाहीगदेसेनोन येशूदा तोबारी छ्‌याइजी।