Mark 15:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि येशूको गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी वस्‍त्र फुकालिदिए, र उहाँका आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍नलाई बाहिर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
Nepali ERV (पवित्र बाइबल)
उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।: 32-44; लूका 23:26-43; यूहन्ना 19:17-27)
Nepali Tamang 2011
थेह्रङ् लसी येशूदा खिसी लमाहेन्‍से थेनीगदेसे थे वाला वाला पिङगै छोनना क्‍वान स्‍युसी पिन्‍जी। ओच्‍छे येशूदा थेलान क्‍वान क्‍वान्‍सी क्रुसरी टाँगब लसी साइबारी भोर्जी।