Mark 15:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए इस्राएलीहरूका मुक्ति दिने राजा ख्रीष्ट! क्रूसबाट ओर्लिएर आइज, हामी हेरौं! अनि पो विश्वास गरौंला!” उहाँसँगै क्रूसमा झुण्ड्याइएकाहरूले पनि उहाँको निन्दा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो इस्राएलका राजा, ख्रीष्ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्यो देख्नेछौं र विश्वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो ख्रीष्ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे।
Nepali ERV (पवित्र बाइबल)
यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्डयाईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन यहूदी धर्मगुरुगदेसेएनोन थेनीगदे ह्राङ ह्राङ न्हङरी, “चुसे स्य्हान्दोदा चा जोगब लखम्जी। तर ह्राङसे ह्राङदा चा जोगब लआखम्नी। चु इस्राएलीगदेला ग्ले थार्बा पिन्बा ख्रीष्ट क्रुसग्याम मार फाप्सी खगै, ओच्छे जे य्हाङसे थेदा विश्वास लला!” भिसी ठट्टा लजी। ओच्छे येशूदेन छ्याम क्रुसरी टाँगब लबा म्हिगदेसेनोन येशूदा खिसी लजी।