Mark 15:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जनाले चाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्‍यायो र त्‍यो झुम्रो लट्ठीको टुप्‍पामा अड्काएर येशूको मुखमा राख्‍दै भन्‍यो, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई क्रूसबाट ओराल्‍दारहेछन् कि, हेरौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि एक जनाले दौड़ेर गई एउटा स्‍पन्‍ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्‍यसलाई झार्न आउँछन्‌ कि।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।”
Nepali ERV (पवित्र बाइबल)
तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पञ्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”
Nepali Tamang 2011
ओच्‍छे थेनीगदे न्‍हङरी गिकसे चा यार्सी निसी अङगुरला कम्‍बा निङगुरी क्‍वानगेन ब्‍लुम्‍सी माला कडीरी खीसी येशूदा ख्‍वामा, “भ्रान्‍गो, भ्रान्‍गो, चुदा एलिया खसी क्रुसग्‍याम मार तेःला वा? च्‍यागे” भिसी भिजी।