Mark 16:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एघारै जना चेलाहरू खान लागिरहेका बेलामा येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। आ-आफ्‍ना मन कठोर पारेर उहाँलाई मरेकाबाट बिउँतेपछि देख्‍नेहरूका कुरा विश्‍वासै नगरेकोले उहाँले तिनीहरूलाई हप्‍काउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्‍वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्‍काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएपछि उहाँलाई देख्‍नेहरूका कुरा तिनीहरूले विश्‍वास गरेका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्‍वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्‍वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशू च्‍युक गिक चेलागदे चबान लबा धुइरी थेनीगदे मुबा ग्‍लारी फेप्‍खजी। ओच्‍छे थेनीगदेला सेम कोङ्बादेन म्‍हिगदेसे येशू सिबाग्‍याम सोजी भिसी पाङ्बा ताम विश्‍वास आलबासे लमा येशूसे थेनीगदेदा बङ्जी।