Mark 16:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्दा तिनीहरू निको हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यदि सर्पहरू समाते पनि तिनीहरूलाई त्यसको विष लाग्नैछैन। यदि तिनीहरूले घात विष पिए पनि तिनीहरूलाई कुनै हानि हुनेछैन। यदि तिनीहरूले आफ्ना हात रोगीहरू माथि राखे भने तिनीहरू निको हुनेछन्।”
Nepali Tamang 2011
ओच्छे थेनीगदेसे पुख्री चुङ्सैनोन, बिख थुङ्सैनोन थेनीगदेदा तिगै आत। थेनीगदेसे आखम्बा म्हिगदेथोरी या थान्सी प्रार्थना लमाहेन्से थे म्हिगदे खम्ला” भिसी सुङ्जी।