Mark 16:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती जवान मानिसले तिनीहरूलाई भने, “नडराओ, तिमीहरू क्रूसमा मारिनुभएको नासरतका येशूलाई खोजिरहेका छौ। तर हेर, येशू यहाँ हुनुहुन्‍न, उहाँ त बिउँतिएर गइसक्‍नुभयो! तिनीहरूले उहाँलाई राखेको ठाउँ यही हो, हेर त!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनले तिनीहरूलाई भने, “आश्‍चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्‍दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्‌नुभएको छ। उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “छक्‍क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर।
Nepali ERV (पवित्र बाइबल)
उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो।
Nepali Tamang 2011
तर थे भ्‍योन म्‍हिसे थेनीगदेदा “थालोङ्‍गो! क्रुसरी साइबा नासरतला येशूदा एनीगदेसे म्‍हाइबान मुला भिबा ताम ङादा था मुला। थेदा सिबाग्‍याम सोना लसी जिन्‍बा मुला। येशू चुरी आरे। एनीगदेन खसी थेदा थान्‍बा ग्‍ला च्‍यागो।