Mark 16:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब गएर उहाँका चेलाहरू र खास गरी पत्रुसलाई ‘येशू अघिबाटै गालीलमा गइसक्नुभएको छ। उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहीं देख्नेछौ’ भनेर भनिदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले तिमीहरूलाई भन्नुभएबमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”
Nepali Tamang 2011
दाहेन्से निसी थेला चेलागदेदा ओच्छे खास लसी पत्रुसदा ‘एनीगदे भन्दा ङाच्छा येशू गालील अञ्चलरी फेप्बान मुला। थेसे सुङ्बा ह्रङ्नोन एनीगदेसे थेरी थेदा म्राङ्ला भिसी पाङ्सी पिन्गो’” भिसी भिजी।