Mark 16:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला तिनीहरू एकदमै अत्‍यास मानेर काम्‍दै चिहानबाट निस्‍केर भागे अनि यसरी डराएका हुनाले तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू निस्‍केर चिहानबाट दौड़े, किनकि डर र आश्‍चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगूरे। डरको कारणले के घटना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्। (प्रस्तुत पुस्तकमा मर्कूसको केही पुराना यूनानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।)
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे लोङ्सी फितफित धर्सी धुर्साग्‍याम थोन्‍सी निजी। ओच्‍छे थेनीगदेसे चु ताम खालैदा आपाङ्नी। तिग्‍दा भिसम थेनीगदे ल्‍हानान लोङ्‌बा मुबा।