Mark 16:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू आइतवार बिहानै मरेकाबाट बिउँतनुभएपछि सबैभन्दा पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनै मरियमबाट उहाँले सात वटा भूत निकाल्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
[हप्‍ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्‌नुभएपछि उहाँ पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्‍नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू हप्‍ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापूर्न भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।
Nepali Tamang 2011
आइतवार स्‍य्‍होरीन येशू सिबाग्‍याम सोमाहेन्‍से जम्‍मान भन्‍दा ङाच्‍छा मरियम मग्‍दलिनी मुबा ग्‍लारी फेप्‍जी। थे मरियमला ल्‍हुइग्‍याम येशूसे गोर निस म्‍हङ ताप्‍बा मुबा।