Mark 2:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले हेर्दाहेर्दै त्यो मानिस जुरुक्क उठ्यो र ओछ्यान बोकेर हिंडिहाल्यो। मानिसहरू छक्क परे र परमेश्वरको प्रशंसा गर्दै भन्न लागे, “यस्तो त हामीले कहिल्यै पनि देखेका थिएनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहाल्यो। यहाँसम्म कि, सबै जना आश्चर्य-चकित भए, र “हामीले यस्तो त कहिल्यै देखेका छैनौं” भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!”
Nepali ERV (पवित्र बाइबल)
त्यो पक्षाघातको रोगी जुरूक्क उठयो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।
Nepali Tamang 2011
येशूसे थेह्रङ् सुङ्मैछ्याम थे कुज्या म्हि जम्मासेन च्याना च्यानान डोङ रेःसी ह्राङला तीबा नान्बा पुइसी निजी। चु म्राङ्सी म्हिगदे उदेक म्हन्सी परमेश्वरदा जयजयकार लबान, “चुह्रङ्बाम य्हाङसे खाइमै म्राङ्बा आरे” भिसी भिजी।