Mark 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट जाँदैगर्दा उहाँले एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। तिनी अल्फायसका छोरा लेवी थिए। अनि येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” यो सुनेर लेवी उठेर येशूको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि जाँदैगर्दा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तिनी उठेर उहाँको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयसको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म संग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।
Nepali Tamang 2011
येशू थेग्याम फेप्बा धुइरी अल्फयसला झा लेवीदा तिरो दुइबा ग्लारी चिबान लबा म्राङ्जी ओच्छे थेदा “ङादेन छ्याम भ्रउ” भिसी सुङ्जी। जमाहेन्से थे रेःसी येशूदेन छ्याम भ्रजी।