Mark 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फरिसी भन्‍ने कट्टर धार्मिक समूहका केही मानिसहरूले येशूलाई यसरी कर उठाउने मानिस र अरू पापीहरूसँग बसेर खाइरहेका देखेर उहाँका चेलाहरूलाई भने, “उहाँले किन यस्‍ता कर उठाउने र पापी मानिसहरूसँग बसेर खाएको?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्‍त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्‍छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”
Nepali ERV (पवित्र बाइबल)
केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउने हरूसंग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू संग खाना खानु भएको हौ?”
Nepali Tamang 2011
फरिसीदेन यहूदी धर्मगुरुगदेसे येशू पापीगदेदेन तिरो दुइबा म्‍हिगदेदेन छ्‌यामनोन धन्‍छ्‌यासी चबा म्राङ्सी थेनीगदेसे थेला चेलागदेदा “तिग्‍दा चुसे पापीगदेदेन तिरो दुइबा म्‍हिगदेदेन छ्‌याम चिसी चबा?” भिसी ङ्‌योइजी।