Mark 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही मानिसहरूले बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेला र फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरू उपवास बसेका बेलामा येशूकहाँ आएर सोधे, “बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेला र फरिसीका चेलाहरू उपवास बस्‍छन्, तर तपाईंका चेलाहरूचाहिँ किन उपवास बस्‍दैनन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बस्‍तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्‍तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्‍दैनन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पल्ट यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्‍नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, “यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन्?”
Nepali Tamang 2011
यूहन्‍नाला चेलागदेदेन फरिसीगदे फोइथान चिसी प्रार्थना लबान लमुबा। थेतबासेलमा कोइ कोइ म्‍हिगदे खसी येशूदा “यूहन्‍नाला चेलागदेदेन फरिसीला चेलागदे फोइथान चिसी प्रार्थना लमुला तर ह्राङला चेलागदेसे चा तिग्‍दा चुह्रङ् आलबा?” भिसी ङ्‌योइजी।