Mark 2:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अझै भन्ने हो भने, कसले ताजा दाखमद्य पुरानो छालाको थैलामा राख्छ र? राख्दैन नि! यदि राख्यो भने त थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलामा नै राख्नुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन, नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्, दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्दछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किन? किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्।
Nepali Tamang 2011
ओच्छे खालै म्हिसेनोन ढिला बोक्टो ताङरी अङगुरला कलिलो निङगु आयु, युजी भिसम थे ढिला बोक्टो ताङ भोसी ढेला, ओच्छे अङगुरला निङगु जति ङेला। जमाहेन्से ढिला ताङएनोन गे आखेल्बा तला। थेतबासेलमा अङगुरला कलिलो निङगु ढिला छार ताङरी युतोःला।”